चक्रवातपछि फेरि पश्चिमी वायुको प्रभाव, धेरै ठाउँमा वर्षाको सम्भावना

 जेठ १०, २०७७ शनिबार ८:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लाको मौसम अहिले आंशिक बदली भएको छ ।

पश्चिम र पूर्वका केही ठाउँको मौसम भने सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावा कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । विशेषगरी पूर्व र पश्चिमका क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस अघि नेपालमा बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको अप्रत्यक्ष प्रभाव परेको थियो । जसका कारण मध्य र पूर्वका धेरै ठाउँको मौसम बदली भएको थियो भने केही ठाउँमा हावाहुरीसहित वर्षा भएको छ ।

अहिले चक्रवातको प्रभाव भने नेपालबाट हटिसकेको छ । तर पश्चिमी वायुको प्रभाव बढेकाले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया