थप ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि : सङ्क्रमित ५ सय ४८ पुगे

 जेठ १०, २०७७ शनिबार ९:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा आज थप ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सङ्क्रमितकाे सङ्ख्या ५ सय ४८ पुगेकाे छ ।

राष्ट्रिय प्रयाेगशाला टेकु काठमाण्डाै, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवा र भरतपुर अस्पतालकाे काेभिड १९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३२ जना सङ्क्रमित पुष्टि भएका हुन् ।

नयाँ थपिएकाहरुमा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिला, सर्लाहीकाे गाेडैता, कविलासीका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् । त्यसैगरी, बारकाे करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डाैका ३५ वर्षाीय पुरुष, रुपन्देहीकाे गैडहवा र राेहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष तथा चितवनकाे भरपुर-६ का ५२ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया