पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – पर्साको नारायणी अस्पतालबाट नाै जना कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका ७१ जनामध्ये नाै जनालाई डिस्चार्ज गरिएकाे अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
पर्सा र रौतहटका तीन/तीन जना, बाराका दुई जना र एक जना भारतीय नागरिक डिस्चार्ज भएका हुन् । नारायणी अस्पतालमा अहिले ६२ जना सङ्क्रमित उपचाररत छन् भने नारायणी कोरोना अस्पताल गण्डकीमा पनि २५ उपचाररत छन् ।
याेसँगै नेपालमा काेराेना सङ्क्रमणलाई जित्नेकाे सङ्ख्या ७९ पुगेकाे छ । अहिलेसम्म सङ्क्रमितमध्ये तीन जनाकाे ज्यान गएकाे छ । शनिबार दिउँसाे थप ३६ जनाकाे काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या पाँच सय ८४ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।