अहिलेसम्म ८६ हजारको आरडीटी र ४६ हजारको पीसीआर परीक्षण

 जेठ १०, २०७७ शनिबार २०:३८:३ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट कुल ४५ हजार नाै सय ५७ जनाकाे परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ८६ हजार दुई सय ३५ जनाकाे परीक्षण गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार चार सय ९४ जनाकाे पीसीआर र आरडीटी विधिबाट चार हजार एक सय १९ जनाकाे परीक्षण भएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश १ मा १० हजार एक सय ६९, प्रदेश २ मा ६ हजार तीन सय आठ, वाग्मती प्रदेशमा २१ हजार सात सय १२, गण्डकी प्रदेशमा सात हजार सात सय एक, प्रदेश ५ मा ११ हजार चार सय ८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार आठ सय १७ जनाको आरडीटी परीक्षण गरिएको छ । 

क्वरेण्टीनमा रहेकाको सङ्ख्या ३२ हजार पाँच सय ८७ छ । त्यसमध्ये प्रदेश १ मा एक हजार चार सय ६१, प्रदेश २ मा ६ हजार नाै सय १०, वाग्मती प्रदेशमा पाँच सय ३५, गण्डकी प्रदेशमा सात सय ७९, प्रदेश ५ मा १७ हजार एक सय ३०, कर्णाली प्रदेशमा एक हजार ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा चार हजार एक सय दुई रहेका छन् । 

आइसोलेशनमा रहेकाको सङ्ख्या पाँच सय आठ रहेको छ । प्रदेश १ मा ६०, प्रदेश २ मा एक सय ६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा दुई सय ४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या ७९ रहेको छ । 

पछिल्लो २४ घण्टामा सात सय आठ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेब पेज र एपमा मात्रै सात सय आठ जनाले आफ्नो विवरण भरेका छन् । यो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् ।

रेड जोनमा परेकाको जाँच सुरु गरिसकिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार नाै सय ६९ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया