स्पेनी फुटबल लिग 'ला लिगा' सञ्चालन गर्न अनुमति

 जेठ १०, २०७७ शनिबार १९:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनी सरकारले देशकाे सबैभन्दा ठूलाे व्यावसायिक फुटबल लिग ला लिगा काे म्याच आउँदाे जुन ८ तारिखदेखि सुरु गर्न अनुमति दिएकाे छ । 

काेराेना भाइरसकाे महामारी सुरु भएपछि गएकाे मार्चमा ला लिगा स्थगित गरिएकाे थियाे । यद्यपि गएकाे हप्तादेखि कैयाैँ टिम र उसका खेलाडीले अभ्यास सुरु गरेका थिए । 

काेराेना भाइरसले सबैभन्दा धेरै प्रभावित बनाएकाे देशमध्ये स्पेन पनि एक हाे । तर पछिल्लाे केही हप्तादेखि देशभर लगाइएकाे प्रतिबन्ध खुकुलाे बनाइएकाे छ । 

गएकाे हप्तादेखि जर्मन फुटबल लिग बुन्डेस लिगा सुरु गर्न अनुमति दिइएकाे थियाे । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया