जाजरकाेटमा गाउँलेको कुटाइबाट एक जनाको ज्यान गयाे, ६ जना बेपत्ता

 जेठ ११, २०७७ आइतबार ७:२१:५० | रासस
unn.prixa.net

जाजरकाेट - शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोटकाे भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको ज्यान गएको छ ।

मृतक नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटना सम्बन्धमा बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।

नवराज र सोतीकी एक युवतीबीच प्रेम रहेको र तिनै युवतीङ्काे आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
 
केटाहरु आएको खबर युवतीकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको ज्यान गएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँहरुले लखेट्दा अन्य ६ युवा बेपत्ता रहेको उहाँँको भनाइ छ ।

नवराजसँग प्रेम रहेको थाहा पाएपछि युवतीका आफन्तले विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।
     
उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको र जात नमिल्ने भन्दै अस्वीकार गरिएको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया