कतारमा झण्डै सात हजार नेपाली कोरोना सङ्क्रमित : एनआरएनए

 जेठ ११, २०७७ आइतबार ८:३३:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या झण्डै सात हजार पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्ममा कतारमा ६ हजार ९ सय ११ जना नेपाली सङ्क्रमित भएका हुन् । अघिल्लो हप्ता २५ सय नेपाली सङ्क्रमित भएकोमा यो हप्ता मात्रै थप ४४ सय ११ जनालाई कोरोना सङ्क्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक छ ।

स्वास्थ्य समितिका संयोजक डा . सञ्जीव सापकोटाका अनुसार नेपालीका मुख्य श्रम गन्तव्य अर्को देश यूएई ५ सय नेपाली सङ्क्रमित भएका छन् । यस्तै अहिलेसम्म साउदीमा १३ सय ६४, बहराइनमा ३३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

यस्तै समितिका संयोजक डा. सापकोटाका अनुसार यो सातामात्रै यूएईमा थप ९ जनासहित कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या १८ पुगेको छ ।

यस्तै साउदीमा यो साता पाँच जनासहित अहिलेसम्म ७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया