स्वयम्भूको प्रहरी बिटमै सुतेका असई मृत फेला

 जेठ ११, २०७७ आइतबार ११:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन् ।

प्रहरी बिट, स्वयम्भूमा कार्यरत असई विष्णु कार्कीको शव कन्चटमा गोली लागेको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुबेदीले जानकारी दिनुभयो ।

कार्की प्रहरी बिटमै सुत्ने गरेको र गोली लागेर ज्यान गएको अवस्थामा आज बिहान उहाँलाई भेटिएको डीएसपी सुबेदीले जानकारी दिनुभयो । दोलखा घर भएका कार्की २०७५ सालदेखि कार्यरत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया