बाग्लुङको पश्चिमी क्षेत्रका ४ वटा पालिका सिल

 जेठ ११, २०७७ आइतबार ११:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङको  ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका ,निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आजदेखि जेठ २० गतेसम्मका लागि सिल गरिएको छ ।

लकडाउनलाई मध्यनजर गर्दै ४ वटै पालिकाका प्रमुख, उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको शनिबार बसेको बैठकले यस्तो  निर्णय गरेको हो । बैठकले ४ वटै पालिकाका मुख्य सीमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गतेसम्मलाई बन्द गर्ने , निर्माण सामग्री र बिरामी बोक्ने एम्बुलेन्स तथा गाडीबाहेक अरु गाडी सञ्चालनमा रोक लगाउने  तथा जथाभावी हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको  छ ।

इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा थप कडाइ गरिने बताउनुभयो । उहाँले प्रहरीको आँखा छलेर खोलामा माछा मार्ने , मर्निंग वाक जाने  र बिना काम यत्रतत्र हिँडडुल गर्ने  जस्ता काम नगर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया