संघीय संसदको लोगो परिवर्तन गरिने

 जेठ ११, २०७७ आइतबार १३:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको प्रतीकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । 

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो ।

अहिलेसम्म प्रयाेग हुँदै आएकाे लाेगाे

संघीय संसदका दुवै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।

परामर्श समितिको बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व ईद उल फित्र परेकाले बैठक एक दिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्नेछ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया