क्वरेन्टीनमै रक्सी पुर्‍याउनेलाई पाँच हजार रुपैयाँ जरिबाना

 जेठ ११, २०७७ आइतबार १४:१५:५३ | रासस
unn.prixa.net

चितवन - क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिबाना गराएको छ । 

राप्ती नगरपालिका-३ का २५ वर्षीय कुमार थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुद्धशान्ति माविमा रहेको क्वरेन्टीनमा रहेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउने जाने क्रममा थपलियालाई गएको जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया