काेराेना भाइरस : अहिलेसम्म ८७ जना निकाे, यस्ताे छ जिल्लागत अवस्था

 जेठ ११, २०७७ आइतबार १७:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार दिउँसो थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय तीन पुगेको छ । 

सङ्क्रमितमध्ये ८७ जना निको भएका छन् । यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना भने घर गएका छन् ।

सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ भने पाँच सय १६ जना भाइरसका सक्रिय बिरामी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमण देखिएकामध्ये निको हुनेमा उदयपुर जिल्ला सबैभन्दा अघि छ । उदयपुरमा ३३ जनामा सङ्क्रमण देखिएकोमा २३ जना उपचारपछि निको भएका छन् । 

कोरोना सङ्क्रमणको हिसाबले पहिलो नम्बरमा बाँके रहेको छ । बाँकेमा अहिलेसम्म एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएकोमा २१ जना उपचारपछि निको भएका छन् । 

कपिलवस्तुमा ८० जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका छन्, पर्सामा ९४ जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जना निको भएका छन् । 

त्यस्तै रुपन्देहीमा एक, झापामा दुई, रौतहटमा तीन, बारामा दुई, काठमाण्डौमा चार, धनुषामा एक, कैलालीमा चार, चितवनमा दुई, भक्तपुरमा दुई, धादिङमा एक, बागलुङमा दुई, भोजपुरमा एक, कञ्चनपुरमा एक जना निको भएका छन् । 

अहिलेसम्म ४२ वटा जिल्लामा सङ्क्रमण देखिएको छ भने तीन जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया