पाल्पाका पत्रकारहरुको कोरोना बीमा

 जेठ ११, २०७७ आइतबार २०:५२:३८ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाका पत्रकारहरुको कोरोना बीमा गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ पाल्पामा आबद्ध ८५ जना पत्रकाहरुको बीमा गरिएको पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । 

तानसेन नगरपालिकाको सहयोगमा एक लाख बराबरको कोरोना बीमा गरिएको हो । बीमापछि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि पत्रकारहरु सक्रिय रुपमा लागि पर्ने विश्वास गरिएको तानसेन नगरपालिकाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया