पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – भारतीय ह्याकरहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेका छन् । आइतबार अपराह्न उनीहरुले क्यानको आधिकारिक साइट www.Caannepal.gov.np ह्याक गरेका छन् ।
उनीहरुले क्यानकाे साइटमा भारतीय झण्डा राखेका छन् । साइट ह्याक गर्नेले आफूलाई 'टिम आइक्रु' नाम दिएको छ । उनीहरुले ‘फिल द पावर अफ इण्डियन ह्याकर’ भन्ने सन्देश पनि छाडेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले आफूहरुले ह्याकबारे जानकारी पाएको र यसलाई मर्मतको लागि माथिल्लो निकायमा जानकारी गराएको बताउनुभयाे । ‘केन्द्रीय तहबाटै बनेको साइट भएकाले यो हेर्ने निकाय छुट्टै छ, हामीले जानकारी गराइसकेका छौँ ।’ पोख्रेलले भन्नुभयो ।
नेपालले नयाँ नक्सा जारी गरेपछि पछिल्लो केही दिनयता नेपाली र भारतीय ह्याकरबीच एक अर्काका देशका वेबसाइट ह्याक गर्ने क्रम बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhuwan Nath
May 25, 2020, 2:12 a.m.They want to show us how they can easily invade our security nothing more on this