ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवलदारकाे ज्यान गयाे

 जेठ ११, २०७७ आइतबार १९:२५:१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मेची राजमार्ग हुँदै इलामबाट पाँचथरतर्फ आइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवलदारकाे ज्यान गएकाे छ ।

राँके बजार नजिकै आइतबार मे १ ख १८६३ नम्बरको ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा प्रहरी चौकी राँकेका प्रहरी हवलदार नबिन बस्नेतको ज्यान गएकाे पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

झापा अर्जुधारा घर भएका ३७ वर्षीय बस्नेत मोटरसाइकल लिएर ड्युटीमा जाँदै हुनुहुन्थ्याे । दुर्घटनामा परेर बेहोस हुनुभएका बस्नेतलाई उपचारकाे लागि इलाम अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको न्यौपानेको भनाइ छ ।

ट्रक चालक कमलप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया