वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
रोल्पा - वनमा लागेको आगो बस्तीमा पस्दा रोल्पामा २ घर जलेर नष्ट भएका छन् ।
रोल्पा नगरपालिका–१ हरीगातिनाको सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय जितबहादुर बुढा र उहाँका छोरा नेत्रबहादुर बुढाको घर जलेको प्रहरीले जनाएको छ ।
छोराहरु आगो नियन्त्रणका लागि वनमा गएका बेला घरमा सल्केकाे आगाेले भेटेपछि आँखा नदेख्ने ६५ वर्षीय वृद्ध जितबहादुर बुढा गम्भीर घाइते हुनुभएकाे हाे । घाइते बुढाको अहिले रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । यस्तै आगोमा परेर जितबहादुरकै २ गोरु र १ बाख्रा मरेका छन् ।
साेमबार बिहानदेखि वनमा लागेको आगो स्थानीयको सहयोगमा प्रहरी र नेपाली सेनाले नियन्त्रणको प्रयास गरिरहेका छन् भने आगाे पूर्णरुपमा नियन्त्रण आइसकेकाे छैन ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।