दाङका कोरोना सङ्क्रमित युवासँगै आएकाहरुको स्वाब सङ्कलन

 जेठ १२, २०७७ सोमबार १९:१०:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाका विभिन्न क्वरेण्टीनमा बस्दै आएका ८० जनाको कोरोना जाँचकाे लागि स्वाब सङ्कलन गरिएको छ । 

कुईरेपानी क्वरेण्टीनमा बसेका घोराही ३ का एक जनामा कोरोना सङ्क्रमण देखिएपछि उनीसँगै भारतबाट आएका ५२ जनामध्ये १३ जनाबाहेक अन्यको स्वाब सङ्कलन भएको छ।

ती १३ जना वडा नम्बर १, ५ र ६ का क्वरेण्टीनमा बसेका छन् । उनीहरुको पनि मङ्गलबारसम्ममा स्वाब सङ्कलन गरिने बताइएकाे छ । त्यस्तै कुईरेपानी क्वरेण्टीनमा रहेका विभिन्न ठाउँ र भारतबाट आएका १३ जना, पाँच जना स्वास्थ्यकर्मी, पाँच जना सुरक्षाकर्मी र दुई जना कार्यालय सहयोगीको पनि स्वाब सङ्कलन भएको छ ।

यसैगरी अन्य वडा नम्बर २, ४, ८, १०, १२, १५, १७, १८ र १९ का १६ जनाको स्वाब सङ्कलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकाे प्रयोगशालामा लगिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया