सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान रकम बुझाउन नपर्ने, अहिलेलाई सरकारले नै तिरिदिने

 जेठ १२, २०७७ सोमबार १८:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले बुझाउनुपर्ने योगदान रकम सरकार नै तिरिदिने भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीक नाममा सम्बोधन गर्दै अहिलेलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकले बुझाउनुपर्ने रकम सरकारी कोषबाट मिलान गरिने बताउनुभएको हाे ।

सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउँदै सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिने पनि प्रधानमन्त्री आलीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • Sarswati

    May 25, 2020, 8:03 p.m.

    कुन महिनादेखि कुन महिनासम्म सरकारले नै मिलान गर्ने हो, मलाई प्रष्ट भएन , बुझ्न चाहन्छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया