चीनमा साेमबारसम्म कोरोना भाइरसबाट ५१ जना सङ्क्रमित

 जेठ १३, २०७७ मंगलबार ६:४३:२५ | रासस
unn.prixa.net

काठमाण्डाै - चीनमा साेमबार बेलुकासम्म थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ ।

सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना सङ्क्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।  

पूर्णरुपमा कोरोनाबाट सङ्क्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना वुहानका रहेका छन् । चीनमा अहिले कुल ३९६ जना यस्तै प्रकारका बिरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ३ सय २६ जना त वुहानमा मात्रै रहेका छन् । 

यस्ता शंकास्पद भनिएको बिरामीहरुलाई स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि हुने, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोना भाइरसबाट सङ्क्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ । 

वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया