लायन्स क्लबद्वारा ७ वटा सीमा सुरक्षा पोस्ट निर्माण

 जेठ १३, २०७७ मंगलबार १८:३४:१९ | रासस
unn.prixa.net

झापा – देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्त रुपमा झापाका सात वटा क्षेत्रमा सीमा सुरक्षा पोस्ट (बीओपी) काे संरचना निर्माण गरेका छन् ।

सुरक्षा पोस्ट संरचना नहुँदा अस्थायी रुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्‍याउन झण्डै चार लाख रुपैयाँ खर्चिएर झापाकाे माईपश्चिमका सात वटा पोस्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार लायन्स क्लब अफ् इन्टरनेशनल डिस्ट्रिक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाण्डाैका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएकोे हो ।

गौरीगञ्ज गाउँपालिका २ मा रहेकाे लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोस्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरणसमेत गरिएको छ ।

सुरक्षा पोस्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ् सेविकाले लायन्सले निर्माण गरेको सात वटै पोस्टका लागि वाटर डिस्पेसरसमेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सीमा सुरक्षा पोस्टकाे अनुगमन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • सैलेन मादी देवान

    May 27, 2020, 4:21 p.m.

    यो लायन्स क्लबको काम मलाई धेरै मन पर्यो सिमा सुरक्षा सङ्बेदन सिल क्षेत्रमा मा खटिएका सुरक्षा निकायलाई राज्यको तर्फबाट केही राहत थप को साथै सुरक्षा फोर्स पनि बढी बनाउन जरुरी छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया