१५ हजार किमी पिच सडकमध्ये ३६ सय किमी सरकारले बनाएको दाबी

 जेठ १३, २०७७ मंगलबार १८:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरि रहेको १५ हजार किमीभन्दा धेरै पीच सडकमध्ये केपी शर्मा ओली नेतृत्वको सरकारले मात्रै ३६ सय किलोमिटर सडक पिच गरेको दाबी गरिएकाे छ ।

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा २०७६ सालको फागुनसम्म १५ हजार दुई सय ५४ किमी पिच सडक रहेको उल्लेख छ । यस्तै खण्डास्मित नाै हजार दुई सय ५१ किमी र नाै हजार आठ सय ४२ किमी कच्ची गरेर ३४ हजार तीन सस ४७ किमी सडक सङ्घीय सरकार माताहत रहेको प्रक्षेपणमा उल्लेख छ ।

प्रदेश र पालिकाबाट ६१ हजार तीन सय ९५ किमी सडक निर्माण भएको छ । पिच भएको १५ हजार दुई सय ५४ किमीमध्ये ३६ सय किमी सडक केपी शर्मा ओली नेतृत्वको सरकारले नै बनाएको दाबी गरिएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यै सरकार गठन भएपछि ३६ सय ६३ किमी सडक पिच गरिएकाे दाबी छ । २०७४ सालको फागुनमा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि अहिलेसम्म ३६ सय ६३ किमि सडक पिच भएको जनाइएकाे हाे ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया