संविधान संशोधनमा एकजुट हुन प्रधानमन्त्रीको आग्रह

 जेठ १३, २०७७ मंगलबार २०:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले निशान छापमा रहेको नेपालको नक्सा परिवर्तन गर्नको लागि हुने संविधान संशोधनमा एकजुट हुन सबै दलसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । भारतले मिचेको देशको भूमि समेटेर नक्सा तयार भएको र यसलाई संवैधानिक रुपमै समेट्न संविधान संशोधन गर्न लागिएको भन्दै समर्थन गरेर राष्ट्रिय एकताको सन्देश दिन उहाँले आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्रीको प्रस्तावमा सबै दलका नेताहरुले समर्थन जनाएका थिए । तर कांग्रेसले केन्द्रीय कार्यसमितिमार्फत यसबारे आधिकारिक धारणा दिने जनाएको छ ।यस्तै जनता समाजवादी पार्टीका नेताहरुले भने देशको नयाँ नक्सासहितको निशान छाप बनाउन संविधान संशोधन गर्दा आफूहरुका माग पनि पूरा गर्न माग राखेका छन् । 

उनीहरुले नक्सा परिवर्तनसहित अन्य विषयमा पनि एकैपटक संविधान संशोधन गर्न माग गरेकाे एक नेताले जानकारी दिए । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया