कोरोना भाइरस : अमेरिकामा ज्यान गुमाउनेनको सङ्ख्या एक लाख नाघ्यो

 जेठ १४, २०७७ बुधबार ७:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ ।

बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७९ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।
अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् । 

२ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया