बाख्रा चराउन गएका बालक पानी पिउन खोज्दा महाकालीमा डुबे

 साउन १६, २०७५ बुधबार १२:२२:२६ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – पानी पिउने क्रममा चिप्लेर एक बालक महाकालीमा बेपत्ता भएका छन् । परशुराम नगरपालिका–५, परिगाँउ बस्ने ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ महाकालीमा बगेर बेपत्ता भएका हुन् ।

बाख्रा चराउन गएका प्रवेश पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिनु भयो । अहिले उनको खोजी कार्य भैरहेका छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया