पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रुकुम पश्चिम - शनिबार रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको नि:शुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्नेबारे सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएको बताउनुभयो।
बिहीबार चौरजहारीका टीकाराम सुनारको शव पोस्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोस्टमार्टम गरिने प्रजिअ पन्तले बताउनुभयो। हराएका तीन जनाको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो ।
भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्। बेपत्ताको खोजी भैरहेको डीएसपी श्रेष्ठले बताउनु भयो ।
भेरी नगरपालिका-४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ। बुधबार बिहान टिकारामको दाहसंस्कार गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pretty
May 28, 2020, 9:49 a.m.intercaste marriage between so called upper & lower caste is compulsory for the social change ,social improvement.