बर्दिया : क्वरेन्टीनमा बसेका एक जनाको ज्यान गयो

 जेठ १४, २०७७ बुधबार ९:३१:३२ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको गुलरिया नगरपालिकाको क्वरेन्टीनमा बसेका एक जनाको ज्यान गएको छ । 

बबई क्याम्पसमा रहेको क्वरेन्टीनमा बसेका ५५ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । हृदयाघातका कारण ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।

मृतकको अहिले स्वाब परीक्षण गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । उनी दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ ।

स्वाब परीक्षण गर्ने तयारी भैरहेका व्यक्तिको कसरी ज्यान गयो भन्ने विषयमा थप बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलालाल लामिछानेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया