६१ दिनमा नेपालबाट पश्चिम बङ्गाल पुगेकाे गाेहीकाे उद्धार

 जेठ १४, २०७७ बुधबार १३:२७:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – यति बेला पूरै विश्व लकडाउनमा रहिरहँदा एउटा गोही ११ सय किलोमिटर पौडिँदै नेपालबाट पश्चिम बङ्गलासम्म पुग्छ र हुगली जिल्लामा रहेका माछा मार्ने समुदायको जालमा फस्न पुग्छ । 

न्यु इण्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार दुर्लभ र लुप्त अवस्थामा पुगेको जनावरलाई राप्ती नदीमा छोडिएको थियो, जुन नेपालमा रहेको गण्डक र नारायणी नदीको एक सहायक नदी हो र ६१ दिनपछि फेरि पश्चिम बङ्गालमा देखिएको हो ।   

भारतीय वन्यजीव ट्रस्टले गोहीको पुच्छर नजिक रहेको अनौठो चिह्नको कारण पहिचान गरिएको जनाएको छ । त्यसपछि ट्रस्टले आफ्ना एक जीवविज्ञानी, जो अहिले गण्डक नदीमा गोही उपचार प्रोजेक्टमा काम गरिरहेका छन्, सामाजिक सञ्जालमा गोहीको तस्बिर आउन थालेपछि उनले नेपालका आफ्ना समकक्षीलाई सम्पर्क गरे । 

नेपालको चितवन राष्ट्रिय निकुञ्जमा गोही संरक्षण र प्रजनन केन्द्रका वेदबहादुर खड्काले गोहीको पहिचार गरेको र त्यहाँबाटै छोडिएको पुष्टि गर्नुभएको बताइएको छ । 

वेबसाइटले भन्यो, 'गोहीको सम्भावित बाटो राप्ती–नारायणी/गण्डक–गङ्गा–फरक्का, हुगली नदी थियो ।'

गोहीको उद्धार गरिएपछि फेरि नदीमा छोडिएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया