बहराइनबाट तत्काल स्वदेश फर्कनुपर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह

 जेठ १४, २०७७ बुधबार १५:४४:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

केही समय पहिले दूतावासले त्यहाँ रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न लगाएको थियो ।

दूतावासले जारी  गरेको अनलाइन फारममार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो ।

यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया