चेन्नई बन्यो तेस्रोपटक आईपीएल च्याम्पियन

 जेठ १४, २०७५ सोमबार ६:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले  हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो ।

आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए । विष्फोटक व्याटिङ गरेका वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाए । सुरेश रैनाले ३२ तथा फाप डु प्लेसिसले १० रनको योगदान गरेपछि १ सय ७९ रनको लक्ष्य चेन्नईले खेल सकिन ९ बल बाँकी हुँदै भेट्टाएको थियो ।

मुम्बईमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।हैदरावादकालागि केन विलियम्सनले ४७ रन बनाए भने युसुुफ पठान ४५ रनमा नट आउट रहे । यससँगै, चेन्नईले आईपीएलको यही सिजनमा हैदरावादलाई ४ पटक पराजित गर्‍याे । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया