कतार एयरवेजले वेल्सको कार्डिफ तथा लण्डनको ग्याट्विकसम्म उडान गर्ने

 साउन १६, २०७५ बुधबार १२:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ, नेपाल – कतार एयरवेजले वेल्सको राजधानी कार्डिफ तथा लण्डनको ग्याट्विकसम्मको उडान सेवा घोषणा गरेको छ ।

उडान घोषणाका लागि नेपालका लागि एयरवेजका स्थानीय प्रबन्धक जयप्रकाश नैरले बेलायती राजदूत एच्. ई. रिचार्डको आतिथ्यमा एक मिडिया अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुभएकाे छ ।

प्रेस सम्मेलनमा नैरले अधिक यात्रीहरुलाई वेल्स एवं ग्याट्विकमार्फत लण्डन ल्याउने तथा वेल्स र लण्डनका नागरिकहरुलाई दोहाको विश्वप्रख्यात हमाद अन्तरराष्ट्रिय विमानस्थलमार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कार्डिफ र ग्याट्विक लामो समयदेखि एअरवेजको नयाँ गन्तव्यहरुको सूचीमा रहेका र त्यो अवसर पाउँदा निकै उत्साहित भएको बताउनुभयाे । 

नैरले एअरवेजले दुवै वेल्स तथा दक्षिण पश्चिमी बेलायत, लण्डनका नागरिकहरुलाई विश्वस्तरीय सेवा प्रदान गरीे विश्वव्यापी नेटवर्कका विभिन्न गन्तव्यहरुसँग जोड्न पाउँदा निकै हर्षित भएका भएको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया