सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित
चैत ६, २०८० मंगलबार
सुर्खेत - कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
बुुधबार सुर्खेतमा रहेको प्रयोगशालमा पीसीआर परीक्षण गर्दा १० जना पुरुष र पाँच जना महिलामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको हो ।
सङ्क्रमण पुष्टि भएकाहरु केही दिनअघि भारतबाट आएका हुन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार वीरेन्द्रनगर नगरपालिकाका १० जना, चौकुने गाउँपालिकाका २ जना, बझाङका १जना र ठेगाना नखुलेका एक जनामा कोरोना सङ्क्रमण भएको हो ।
उनीहरुको सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको महाशाखाले जनाएको छ ।
बुधबार १५ जनामा कोरोना सङ्क्रमण भएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । यसअघि सुर्खेतमा १५ र दैलेखमा आठ जनालाई कोरोना सङ्क्रमण भएको थियो । ३८ जनाकै सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
रोजगारीका लागि भारतबाट फर्किनेको सख्या बढेपछि कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ । प्रदेश सरकारले संघीय सरकारसँग भारतबाट फर्किने नागरिकको उद्धार तथा क्वरेन्टीनको व्यवस्थापनमा नेपाली सेनालाई खटाउन स्वीकृति मागेको छ ।
जेठको आधासम्म प्रदेशमा करिब १३ हजार पाँचसय नागरिक भारतबाट फर्किएका छन् । प्रदेश सरकारले ३० हजारको हाराहारीमा भारतबाट फर्किने अनुमान गरेको छ ।