संविधान संशोधन प्रस्ताव पेस नगरेकोमा कांग्रेसको आपत्ति

 जेठ १४, २०७७ बुधबार १९:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पेस गर्ने विषय कार्यसूचीबाट हटाएकोप्रति आपत्ति जनाएको छ । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति निकालेर सम्भावित कार्यसूचीबाट संविधान संशोधनको विषय हटाउने र उल्टै प्रतिपक्षीलाई आरोप लगाउने काम भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो । 

कांग्रेसले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्नेबारेमा छलफल नै नगर्ने र कार्यसूचीमा राखेपछि पनि फेरि हटाउने कुरा गम्भीर रहेको जनाएको छ । 

राष्ट्रिय एकताको भावनाका साथ काम गर्न पनि कांग्रेसले आग्रह गरेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया