बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
इलाम– इलामको सूर्योदय नगरपालिका – १२ मा रहेको करफोक माध्यमिक विद्यालयको क्वरेन्टीनमा रहेका आठ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
इलामको पशुपतिनगर नाका हँदै गृह जिल्ला दोलखा फर्कने क्रम मा ती आठ जनामा गएको आइतबार र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको थियो । उनीहरुको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई गृहजिल्ला दोलखा नपठाइ इलामको क्वरेन्टीनमा राखेर स्वाब संकलन गरिएको थियो ।
संकलित स्वाबलाई कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियोे । परीक्षणमा रिर्पोट नेगेटिभ देखिएको जिल्ला प्रशासन कार्यलय इलामका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत सफल पोर्तेलले जानकारी दिनुभयो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आफ्नै गृहजिल्ला दोलखा पठाइनेछ।