कोरोना नियन्त्रणमा खटिने सरकारी कर्मचारीलाई १ लाखको निःशुल्क बीमा

 जेठ १५, २०७७ बिहिबार १८:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा खटिने राष्ट्रसेवक कर्मचारीको कोरोना बीमा निःशुल्क गर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषण गर्नुहुँदै कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत सरकारी कर्मचारीको १ लाख रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमाको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया