तालिमसहितको रोजगारी दिने निजी क्षेत्रलाई अनुदान, थप ५० हजार जनाले रोजगारी पाउने

 जेठ १५, २०७७ बिहिबार १८:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले तालिमसहितको दुई वर्षको रोजगारी उपलब्ध गराउने निजी प्रतिष्ठानलाई अनुदान दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै पालिकास्तरमा रहेको रोजगार सेवा केन्द्रमा सूचीकृत श्रमिकलाई तालिमसहितको रोजगारी उपलब्ध गराएमा तीन महिनासम्मको न्युनतम पारिश्रमिकमा ५० प्रतिशतसम्म अनुदान दिने बताउनुभएको हो ।

पालिका स्तरमा रहेका रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा स्थापना गर्ने र त्यसमार्फत नै पालिका स्तरमा उपलब्ध रोजगारीमा श्रमिकलाई जोडिने उहाँको भनाइ छ । यसबाट थप ५० हजार व्यक्ति सीपयुक्त रोजगार हुने सरकारको दावी छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया