हरेक प्रदेशमा फिल्म छायांकन स्थल बन्ने, आउँदो वर्ष सबै ठाउँमा 'फोर जी' सेवा

 जेठ १५, २०७७ बिहिबार १८:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले हरेक प्रदेशमा फिल्म छायांकन स्थल बनाउने भएको छ । आउँदो वर्षको बजेटमा छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयन गर्ने र हरेक प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गरिने बजेटमा उल्लेख छ ।

यस्तै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वनय गरिने बजेटमा उल्लेख छ । फाइवर टु होम प्रविधिमार्फत दुई वर्षभित्र सबै ठाउँमा भरपर्दो इन्टरनेट सेवा पुर्‍याउने बजेटमा उल्लेख छ । आउँदो वर्ष सबै ठाउँमा फोर जी सेवा पुर्‍याउने बजेटमा समावेश छ ।

त्यस्तै पत्रकार दुघर्टना बीमा र वृत्ति कोषलाई निरन्तरता दिइने भएको छ । लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गरिने भएको छ । साइबर सुरक्षा केन्द्र स्थापना गरिने भएको छ । सुरक्षण मुद्रण र नेपालको आफ्नै स्याटलाइटको लागि बजेट विनियोजन भएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया