नेदरल्याण्ड्ससँगकाे पहिलाे एक दिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्दै

 साउन १६, २०७५ बुधबार १४:५३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्सबीच हुने ऐतिहासिक एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटको टस नेदरल्याण्डसले जितेको छ ।

नेदरल्याण्ड्ससँग उसकै मैदानमा हुन लागेको प्रतियोगितामा टस जितेर नेदरल्याण्ड्सले ब्याटिङ राजेको छ । टस हारेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।

टस गरेसँगै नेपाल पनि आईसीसीको एकदिबसीय क्रिकेट खेलको राष्ट्रमा सूचीकृत भएको छ । 

यो सँगै नेपालले एकदिवसीय क्रिकेटमा डेब्यु पनि गरेको छ । 

फ्रेब्रुअरीमा जिम्बाब्वेमा भएको विश्वकप छनौट खेलेको नेपाल आठौं स्थानमा रहँदै सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएको हो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया