कांग्रेस संसदीय दलको बैठक आज बस्ने

 जेठ १६, २०७७ शुक्रबार ७:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

बैठबकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयो । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया