काेराेना जितेर फर्किनेकाे सङ्ख्या पनि बढ्दै, अहिलेसम्म २०६ जना निकाे

 जेठ १६, २०७७ शुक्रबार १७:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फिर्नेकाे सङ्ख्या बढ्दै गएकाे छ ।

आज दाङबाट आठ जना, पाटन अस्पतालबाट सात जना, काठमाण्डाैकाे टेकु अस्पताल र बलम्बुको अस्पतालबाट दुई/दुई जना गरी १९ जना निको भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा एक सय ६२ जना पुरुष र ४४ जना महिला गरी कोरोना जित्नेकाे सङ्ख्या दुई सय ६ पुगेको छ ।

नेपालमा अहिलेसम्म ५२ जिल्लामा सङ्क्रण देखिएकाेमा सङ्क्रमितकाे सङ्ख्या एक हजार दुई सय १२ पुगेकाे छ । मन्त्रालयका अनुसार आज एकैदिन एक सय ७० जनामा काेराेना पुष्टि भएकाे हाे ।

आज थप एक जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे पुष्टि भएसँगै कुल मृतककाे सङ्ख्या ६ पुगेकाे छ । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया