पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – सरकारले विद्यतीय गाडी आयात गर्दा भन्सारमा लाग्ने कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
यसबारेमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री डाक्टर खतिवडाले निकै महँगा विद्युतीय गाडी भित्रन थालेकोले कर बढाइएको बताउनुभयो ।
‘हामीले पेट्रोलियम पदार्थ आयात गर्दा ठूलो रकम बाहिरियो भनेर विद्युतीय गाडी किन्न प्रोत्साहन गर्यौँ, आम सर्वसाधारणले विद्युतीय गाडी उपयोग गर्न पाउन भनेर नीति ल्यायौँ तर दुई वर्षको पेट्रोलियम पदार्थको आयात मूल्य बराबर नै विद्युतीय गाडीको आयात भएपछि हाम्रो नीति त विवेकपूर्ण नै भएन नि !’, खतिवडाले भन्नुभयो ।
अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा विद्युतीय गाडीको भन्सार केही सस्तो नै रहेको उहाँको दाबी छ । ‘विद्युतीय गाडीको भन्सार सस्तो होस् तर यति सस्तो पनि नहोस् कि अति महँगा विद्युतीय गाडी आयात गरेर फेरि व्यापार घाटालाई प्रतिकुल असर नपरोस् भनेर नै कर बढाइएको हो’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mohan Kumar Rai
May 30, 2020, 6:22 a.m.दोधारे नीति भयो । जे भए पनि नेपलको बिध्युत खपत बढ्ने थियो । हरित क्रन्तिलाई थप टेवा पुग्ने थियो । गलत सोचाईको परिणाम ।
Deepak Rai
May 30, 2020, 6:20 a.m.अनि सवारी को किसिम र प्रयोजन पनि त बिचार गर्नु पर्ने होला नि, महाराजहरु ?! गरिब जनताका छोरोले जिविकोपार्जनको उदेश्यले आफ्नो आमाको नाखको बुलाकी सम्म धितो राखेर किन्नु पर्ने ३ पाङ्ग्रे विद्युतीय टेम्पूलाई पनि उहि कर, देश सेवा गरेर कमाएको अकूत सम्पत्ति तह लगाउन हम्मे हम्मे परेको बेला बल्ल तल्ल खर्च गर्ने निहुँ पाउँदा खरिद गरिने विलाशीको साधनलाई पनि उहि कर??