१२ जना नागरिक लैजान भुटानले जहाज काठमाण्डौ पठायो

 जेठ १६, २०७७ शुक्रबार २०:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भुटानले शुक्रबार नेपालबाट १२ जना नागरिक स्वदेश फर्काएको छ । १२ जना नागरिक लिन भुटान सरकारले जहाज पठाएको थियो । 

ड्रुक एअरलाइन्सको एटिआर जहाजमा १२ जना नागरिक भुटान गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ ।

यसअघि दुई जना नागरिक लिन पनि भुटानबाट जहाज आएको थियो । नेपालमा कोरोना सङ्क्रमित बढेसँगै विभिन्न देशले नागरिक उद्धार गरिरहेका छन् । 

लकडाउपछि मात्रै झण्डै ५२ सय नागरिकलाई विभिन्न देशले स्वदेश फर्काएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया