खाडीका तीन देशमा यो हप्तामा थप ९ नेपालीको कोरोनाबाट ज्यान गयो

 जेठ १७, २०७७ शनिबार ११:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो हप्ता खाडीका तीन देश कतार, साउदी र यूएईमा थप ९ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

यो हप्तामात्रै साउदीमा थप २ जना, कतारमा थप ३ र यूएईमा थप चार जनाको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । योसँगै साउदीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ भने कतारमा चार र यूएईमा ९ जना पुगेको बोर्डको तथ्याँक छ ।

तर गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले गएको हप्ता नै यूएईमा १८ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको जनाएको थियो ।

यो तथ्याँकलाई त्यहाँ रहेको नेपाली दूतावासले पुष्टि भने गरेको छैन । यस्तै अर्का एक जना नेपालीको सेसल्समा पनि कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । बोर्डको तथ्याँक अनुसार योसँगै रोजगारीमा रहेका २३ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया