नेकपा सचिवालय बैठक सुरु : एमसीसीबारे छलफल

 जेठ १७, २०७७ शनिबार ११:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा विवादित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बिहीबार सार्वजनिक भएको बजेटमा एमसीसी घुसाइएको भन्दै नेकपाका केही सचिवालय सदस्यले नै विरोध गरेपछि सचिवालय बैठकमा छलफल थालिएको हो । सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेको थियो ।

यसमा घुमाउरो पारामा एमसीसीलाई घुसाउन खोजिएको नेकपाका केही नेताको आरोप छ । बैठकमा प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा वली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, नेता भिम रावललगातय सहभागी हुनुहुन्छ ।

एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएकोले नेपालको संविधान, परराष्ट्र नीति र भूराजनीति विपरित हुने भन्दै नेकपाकै केही नेताहरुले भने विरोध गर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया