खाडीका देश र मलेसियामा शवको सङ्ख्या बढ्दै, उतै अन्त्येष्टिका लागि ७५ परिवारले दिए अनुमति

 जेठ १७, २०७७ शनिबार १२:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनासहित विभिन्न कारणले परदेशमा ज्यान गुमाए ७५ मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

कोरोनाकाल लम्बिदै जाँदा अन्तर्राष्ट्रिय उडान नहुँदा शव ल्याउन कठिन भएपछि मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका हुन् । उडान बन्द भएसँगै विदेशमा ज्यान गुमाउने नेपालको शव पनि उतै रोकिएको छ ।

उडान बन्द भएपछि खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २२७ जना नेपालीको ज्यान गएको छ । सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये चार जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकी अन्य कारणले ज्यान गएको बोर्डले जनाएको छ । साउदीमा ज्यान गुमाउने ११ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । अहिले ४७ वटा शव भने रोकिएको छ ।

यस्तै साउदीपछि सबैभन्दा धेरै ज्यान गुमाउने नेपालीको सङ्ख्या मलेसियामा रहेको छ । मलेसियमा यो अबधिमा ५१ जना नेपालीको विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये चार जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । मलेसियामा ४८ वटा शव रोकिएका छन् ।

कतारमा ३७ जनाको ज्यानको ज्यान गएको बोर्ड तथ्याँक छ । जसमध्ये १० जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । अब कतारमा २७ वटा शव बाँकी छ । जसमध्ये कतारमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

यस्तै यूएईमा यो अवधिमा ४८ जनाको ज्यान कोरोनासहित विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये ३६ जनाको परिवारले उतै सदगतका लागि अनुमति दिएका छन् भने अब यूएईमा १२ वटा शव व्यवस्थापन बाँकी छ । यूएईमा ज्यान गुमाउने मध्ये ९ जनाको कोरोनाको कारण ज्यान गएको बोर्डले जनाएको छ ।

कुवेतमा ११ जनाको ज्यान गएको छ । कुवेतमा ज्यान गुमाएका मृतकका आफन्त कसैले पनि अहिलेसम्म उतै अन्त्येष्टिका लागि अनुमति दिएका छैनन् । बहराइनमा यो अवधिमा ५ जनाको ज्यान गएको छ जसमध्ये २ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमित दिएका छन् ।

दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव अन्त्येष्टिका लागि अनुमति प्राप्त भइसकेको बोर्डले जनाएको छ । यो अवधिमा ओमानमा १ र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ मध्ये ८ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

अन्तराष्ट्रिय उडान नखुल्दासम्म शव ल्याउन नसकिने भन्दै बोर्डले गन्तव्य देशमै शव व्यवस्थापनका लागि अनुमति दिन अनुरोध गरिरहेको छ । यो लकडाउनको अवधिमा गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया