भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
दैलेख – दुल्लू नगरपालिका–७ पटाङ्गिनी नजिक विद्युत प्राधिकरण भवनको क्वरेण्टीनमा राखिएका ३९ वर्षीय एक युवकको शनिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान चिया–बिस्कुट खाएलगत्तै छातीमा असजिलो भयो भनेर ओछ्यानमा सुतेको बेला उनको मृत्यु भएको दुल्लू इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।
भारतको अहमदाबादबाट ८ दिनअघि मात्र दुल्लू आएका ती युवकको कोरोना संक्रमण भए नभएको जाँच्न बिहीबार नोजल स्वाब पठाइएको तर रिपोर्ट आउन बाँकी रहेकोले शव परीक्षण प्रक्रिया समेत रोकिएको छ ।
कोरोना संक्रमित भएको र नभएकोहरुको शव परीक्षण पद्धति नै फरक फरक हुने भएको रिपोर्ट पर्खिएको दुल्लू अस्पतालका इञ्चार्ज डा. पूजा बीसीले बताउनुभयो । मृतकको स्वाब परीक्षण रिपोर्ट पठाउन कर्णाली प्रदेश प्रयोगशालालाई भनिसकिएको पनि उहाँले डा. बीसीले जानकारी दिनुभयो ।
दुल्लू नगरपालिका–११ कालभैरव घर भएका मृतक १८ वर्षदेखि भारतको अहमदावादमा होटललाइनमा काम गर्दै आउनुभएकोमा बर्ष–दुई वर्षमा घरमा आउजाउ गर्ने गरेको वडा सदस्य कृष्णबहादुर थापाले बताउनुभयो ।
मृतकका १७ वर्षकी एक छोरी, १२ वर्षको एक छोरा र श्रीमती छन् ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।