विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ? अब कति तिर्नुपर्छ ?

 जेठ १७, २०७७ शनिबार १४:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढेको छ  ।

सरकारले  जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाएको हो । यसअघि विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सात हजार पाँच सय सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएकाे छ ।

नयाँ विद्युतीय मोटरसाइकलको मूल्य अब कम्तीमा चार हजार पाँच सय रुपैयाँले बढ्नेछ ।

अहिले १ सय ५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नुपर्छ । त्यस्तै १ सय ५६ सीसीभन्दा माथि २ सय ५० सीसीसम्मका मोटरसाइकलले १८ हजार र २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाइकलले ५० हजार सडक दस्तुर तिर्नुपर्ने व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया