गुल्मीमा क्वरेन्टीनमा बसेका व्यक्तिद्वारा आत्महत्या

 जेठ १८, २०७७ आइतबार ७:१५:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा क्वरेन्टीनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन् । 

आत्महत्या गर्नेमा गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभएको छ ।

 शनिवार भारतबाट घर फर्केका परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखिएको थियो । शनिवार बेलुका शाौचालय जान क्वरेन्टीनबाट बाहिर निस्किएका उनी ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वारेन्टीन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । 

आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरिले घटनास्थलमा लासजाँचको मुचुल्का गरेपछि मात्र पोष्टमार्टमका लागि आइतबार बिहान सदरमुकाम तम्घास ल्याइने प्रहरी उपरीक्षक खड्काले बताउनु भएको छ ।     
     

अन्तिम अपडेट: चैत ९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया