‘इन्डक्सन चुल्होको भन्सार शुल्क घटाइएको छ, रासायनिक मलमा भन्सार लाग्दैन’

 जेठ १८, २०७७ आइतबार १०:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले रसायनिक मलमा भन्सार शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ ।

आगामी बजेटमा रसायनिक मलमा पनि भन्सार लगाइएको भन्दै विरोध हुन थालेपछि भन्सार विभागका महानिर्देशक सुमन दाहालले कृषी कार्यमा प्रयोग हुने रसायनिक मलमा भन्सार शुल्क नलाग्ने स्पष्ट पार्नुभयो । कृषि कार्य वाहेक अन्य धेरै प्रयोजनमा पनि युरिया लगायतका रसायनिक मलको उपयोग हुने र त्यसको हकमा भने ५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको महानिर्देशक दाहालले जानकारी दिनुभयो । 

यस्तै विद्युतीय चुल्हो आयातमा पनि भन्सार शुल्क नबढाएको उल्टै घटाइएको उहाँले बताउनुभयो । इण्डक्सन चुलोमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुललाइ ५ प्रतिशतमा झारिएको महानिर्देशक दाहालले बताउनुभयो । 

‘लकडाउनका समयमा राहत दिनका लागि सरकारले जेठ १४ सम्म २ महिनाका लागि स्वास्थ्य सामग्री सँगै इण्डक्सन चुलोमा पनि भन्सार महसुल छुट दिइएको थियो, त्यो छुट पाउने अवधि समाप्त भइसकेको हुँदा जेठ १५ देखि १५ प्रतिशत तिर्नुपर्ने हुन्थ्यो त्यहि भएर अव ५ प्रतिशत मात्र तिरे पुग्छ ।’ दाहालले भन्नुभएको छ ।

यस्तै कतिपय बीउबीजनमा पनि भन्सार शुल्क बढाएको भनेर हल्ला भएको तर बीउबीजनको भन्सार शुल्क १ प्रतिशतमा झारिएको भन्सार विभागले जनाएको छ । आर्थिक ऐनमा भएका व्यवस्था राम्रोसँग अध्ययन गरेर धारणा बनाउन पनि विभागले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया