डोटी : अस्पतालमा सुत्केरीको ज्यान गयो

 जेठ १८, २०७७ आइतबार १२:५२:४६ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्कीको ज्यान गएको हो । सुत्केरी बेथा लागेर दुई दिन पहिले अस्पताल भर्ना भएकी उहाँको अप्रेसन मार्फत सुत्केरी गराइएको थियो । सुत्केरी गराएको दुई दिनपछि आज बिहान उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।

जण्डिस भएकी सुत्केरी महिलाको अस्पतालले अप्रेसन गरेका कारण ज्यान गएको मृतक महिलाका घर परिवारको आरोप छ । 

उता सुजङ अस्पतालका प्रमुख अर्जुन बलायरले मृतक महिलामा जण्डिस भएको स्वीकार गर्नु भएको छ । उहाँले भन्नुभयो, “महिलामा जण्डिस थियो, हामीले अप्रेसन गरेर बच्चा निकाल्यौँ पछि समस्या हुन थालेपछि रेफर गर्न थालेका थियौँ ज्यान भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया