अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सर्लाही - सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी मा भारतीय नागरिकको समूह नेपाल प्रवेश गर्न खोजेपछि शसस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
केही भारतीय व्यापारीहरु नेपाल आउन खोज्दा रोकेपछि उनीहरु फर्किएका र केही समयमा भारतीय नागरिकको समुह आएर सीमामा हुलहुज्जत गरेपछि हवाइ फायर गरेर उनीहरुलाई भगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिनुभयो ।
नेपालतर्फ अवैध रुपमा सामान ल्याएर बेच्न खोज्ने तस्करहरुसँगै भारतीय नागरिक भागेको र अहिले सीमाको अवस्था सामान्य रहेको पनि प्रजिअ जीसीले बताउनुभयो ।